निर्वाचन आयोगले यस्ता कर्मचारीलाई चुनावमा नखटाउने ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्वाचन आयोगले यस्ता कर्मचारीलाई चुनावमा नखटाउने !


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले सरकारी कर्मचारी वा शिक्षकका सङ्घसंस्थामा आबद्ध पदाधिकारीहरूलाई मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नखटाउने भएको छ।

साथै उम्मेदवारका नजिकका नातेदार सरकारी कर्मचारी वा शिक्षक छन् भने पनि उनीहरू आफन्त उम्मेदवार भएका क्षेत्रमा खट्न पाउँदैनन्।

जनशक्ति व्यवस्थापन निर्देशिकाले कार्यालयको सुरक्षामा खटिएका सुरक्षा गार्ड, पहरा बस्ने कर्मचारी र स्वास्थ्य, बिजुली, टेलिफोन, बैङ्क, वारुणयन्त्र, खानेपानीजस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई पनि चुनावमा नखटाउने भएको छ।

यदि उनीहरूलाई चुनावमा खटाउने हो भने वैकल्पिक जनशक्तिको व्यवस्था गर्नुपर्छ।

आयोगले चुनावका लागि सुरक्षाकर्मीबाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालन गर्दैछ।

आयोगले चुनावमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने व्यवस्था छ।

सम्बन्धित समाचार: निर्वाचन : २ लाख ४६ हजार जनशक्तिको प्रबन्ध, निजामती कर्मचारी काममा नखटाइने

Tags :
प्रतिक्रिया दिनुहोस