एमाले पार्टी र त्यसका उम्मेदवार भुईँफुट्टा होइनन् : केपी ओली « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमाले पार्टी र त्यसका उम्मेदवार भुईँफुट्टा होइनन् : केपी ओली


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेका उम्मेदवार भुईँफुट्टा नभएको दाबी गरेका छन् ।

बुधबार नेकपा एमाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारहरू स्पष्ट विचार, सिद्धान्त र विकासको मार्गचित्र लिएर जनतामाझ जाने बताए ।

‘नेकपा एमाले र एमालेका उम्मेदवार भुईँफुट्टा होइनन् । जोसँग अर्को चुनावमा अहिले गरिएका हिसाबकिताब खोज्न सक्नुहुन्छ । त्यसको जिम्मा मेरो’, अध्यक्ष ओलीको भनाइ छ । उनले एक सिट हुनेहरूलाई च्याखेको संज्ञा दिँदै एमालेको सरकार ढालेँ भनेर उफ्रिरहेको बताए । उनले मोहनविक्रम सिंहको नाम दिँदै उनको पार्टीका एक जनालाई एमालेले नै मत दिए पनि अहिले कान्छी भाउजू उता लागेको बताए ।

उनले अहिले विकासका लागि प्रतिबद्ध राष्ट्रिय शक्तिको आवश्यक रहेको भन्दै फेरि च्याखेहरुले सौदावाजी गर्न नदिन एमालेलाई भोट दिन आव्हान गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस