ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरे « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरे


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन् । बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनु पूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गरेका हुन् ।

नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौँका धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षणलाई चुनावी एजेन्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुगेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस