तिलगंगामा बसको ठक्करबाट एकको मृत्यु, एक जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तिलगंगामा बसको ठक्करबाट एकको मृत्यु, एक जना घाइते


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । तिलगंगामा बसको ठक्करबाटबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।

बनेपा-धुलिखेल रुटको बा ४ ख ९३९६ नम्बरको बसले बा ९३ ब ३१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक माधव पौडेलको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार गङ्गा मगर भने घाइते भएको र उनको उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालक फरार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस