सन्दीपको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सन्दीपको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नाबालिका किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ।

उक्त मुद्दा मङ्गलवार घिमिरेको इजलासमा परेसँगै सन्दीपको बयान लिइरहेको छ। किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै सोमबार मुद्दा दर्ता भएको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरीले गरेको अनुसन्धान र प्रतिवेदनको आधारमा मुद्दा दर्ता गरेको हो।

थुनछेक बहस सकिएपछि उनलाई थुनामै राखेर अनुसन्धान गर्ने वा थुनाबाहिर राखेर भन्ने विषयमा अदालतले आदेश दिनेछ। सुरुमा मुद्दाको प्रतिवादी सन्दीपको बयान गरिने अदालती प्रक्रिया हुन्छ।

बयानपछि उनलाई थुन्ने वा छोड्ने भन्ने बहस हुनेछ। कानुन व्यवसायीको सङ्ख्याको आधारमा बहस कहिले सकिने भन्ने निक्र्यौल हुने काठमाडौँ जिल्ला अदालत प्रशासनले जनाएको छ। त्यसपछि पीडित किशोरीले अदालतमै बकपत्र गर्नु पर्ने छ।

Tags :
प्रतिक्रिया दिनुहोस