गौरीगञ्जलाई आधुनिक सहरका रूपमा विकास गर्छु : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गौरीगञ्जलाई आधुनिक सहरका रूपमा विकास गर्छु : ओली


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक सहरका रूपमा विकास गरिने बताएका छन् । 

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले आज झापाको गौरीगञ्जमा आयोजित जनता भेटघाट तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्मार्ट सिटीका रूपमा सहरीकरण हुँदै आएको गौरीगञ्जलाई थप व्यवस्थित सहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए ।

निर्माणाधीन हुलाकी सडकले छोएको गौरीगञ्ज झापाको दक्षिणी भेगको एक सुन्दर सहर बन्ने प्रशस्त सम्भावना भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले रतुवा पुल, लेराकको पुल मङ्सिर ४ गते चुनावपछि बन्ने बताए । गौरीगञ्जको विकासका लागि बजेटको अभाव नहुने प्रतिबद्धता उनले जनाए ।

उनले शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने र प्राविधिक शिक्षा थप्ने योजना एमालेको भएको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस