टी-२० विश्वकप : अष्ट्रेलिया र इंग्ल्याण्डबीचले अङ्क बाँडे, बन्यो यस्तो तालीका  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

टी-२० विश्वकप : अष्ट्रेलिया र इंग्ल्याण्डबीचले अङ्क बाँडे, बन्यो यस्तो तालीका 


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । अस्ट्रेलियामा भइरहेको आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द भएको छ ।

मेलबर्नमा तय भएको सुपर-१२ अन्तर्गत समूह ए को खेल टस नभई रद्द भएपछि दुवै टोलीले १(१ अङ्क पाएका छन् । लगातार वर्षाका कारण मैदान भिजेकोले खेल हुन नसकेको हो ।

शुक्रबारै मेलबर्नमा तय भएको आयरल्याण्ड र अफगानिस्तानबीचको खेल पनि टस नभई रद्द भएको थियो ।

खेल नभएपछि इंग्ल्याण्ड र अष्ट्रेलियाले ३ खेलपछि समान ३ अङ्क जोडेका छन् । दुवै टिम यसअघि एक खेल जितेका थिए भने एक  खेलमा पराजित भएका थिए ।

वर्षाका कारण लगातार खेल रद्द हुँदा सेमिफाइनल समीकरणमा पनि असर पर्ने देखिएको छ ।

समूह ए मा न्युजिल्याण्डको २ खेलबाट ३ अङ्क छ भने तीन खेल खेलिसकेका इंग्ल्याण्ड, आयरल्याण्ड र अष्ट्रेलियाको पनि समान ३ अङ्क छ र क्रमशस् दोस्रो, तेस्रो र चौथो स्थानमा छ । श्रीलङ्का २ खेलबाट २ अङ्कसहित पाँचौँ र ३ खेलबाट २ अङ्क रहेको अफगानिस्तान छैटौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस