प्रभु बैङ्कले कमायो ७७ करोड खुद नाफा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

प्रभु बैङ्कले कमायो ७७ करोड खुद नाफा


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । प्रभु बैङ्कले चालु आव २०७९/८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ ।

बैङ्कले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

बैङ्कद्वारा आज प्रकाशित पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३० करोड ९३ लाख रुपियाँ वितरण योग्य नाफा कमाएको छ । १ खर्ब ७८ अर्ब ६५ करोड रुपियाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५१ अर्ब ८ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैङ्कको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।

यसै गरी, चालु आवको पहिलो त्रैमासमा बैङ्कको आधार दर, १०.५१ प्रतिशत, स्प्रेडदर ३.९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिसेयर आम्दानी २२ रुपियाँ १९ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस