प्रदेश-१ मा कर्मचारी भर्नाका लागि आवेदन आह्वान (सूचिसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदेश-१ मा कर्मचारी भर्नाका लागि आवेदन आह्वान (सूचिसहित)


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग प्रदेश–१, विराटनगरले कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

प्रदेश–१ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि आवेदन माग गरिएको हो ।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अप्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा गर्न लागिएको आयोगले जनाएको छ ।

योग्यता पुगेका उम्मेदवारहरूले कात्तिक २७ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको रोजाई र प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिने जनाइएको छ ।

सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् । सेवाका सर्त र तलब तथा अन्य सुविधा प्रचलित कानुन बमोजिम हुने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस