गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा आइतबार भएको भेटवार्ता द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जानकारी दिएको छ।

भेटमा गृहमन्त्री खाणले राजदूत थम्पसनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोगले निरन्तरता पाउने विश्वास उनको थियो।

नेपालमा मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन लागेको जानकारी गराउँदै सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको गृहमन्त्री खाँणको भनाइ थियो।

राजदूत थम्पसनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सबल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

नेपालको विकासमा अमेरिकाले गर्दै आएको सहयोग निरन्तर रहने राजदूत थम्पसनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस