सन्दीपमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सन्दीपमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आइतबार अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ।

स्रोतका अनुसार प्रहरीले शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। सरकारी वकिल कार्यालय स्रोतले आइतबार अभियोग पत्र दर्ताको तयारी भइरहेको बतायो।

‘अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार र दर्ताको काम सम्भवतः आज सकिने छ’, एक अधिकारीले भने। आज अभियोग पत्र दर्ता भए पनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना छ। सोमबारदेखि अदालत बिदा हुने भएकाले बयान र थुनछेक बहसको काम प्रभावित हुने भएको हो।

सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनीमाथि १७ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी छिन्।

Tags :
प्रतिक्रिया दिनुहोस