बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु 


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । कैलालीमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ ।

चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको चिसापानीबाट घर आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।

जैसी सवार से १ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

बस र चालक धनगढी उपमहानगरपालिकाका ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस