ओलीले आज सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने, पौने २ लाखले टिपाए नाम र नम्बर « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

ओलीले आज सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने, पौने २ लाखले टिपाए नाम र नम्बर


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दैछन् । ओलीले आसन्न चुनावका सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिन फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए ।

मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको सचिवालयले जनाएको छ ।

ओलीले कुराकानी गर्न उत्साहपूर्ण सहभागिताका लागि आफू खुसी भएको बताएका छन् । ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ?’, ओलीले बिहीबार दिउँसो लेखेका थिए ।

बिहीबार मध्याह्न १२ बजेसम्म आफ्नो विवरण पठाउन सकिने व्यवस्था सचिवालयले गरेको थियो। सचिवालयले छनोट गरेका व्यक्तिसँग ओलीले टेलिफोनमा कुरा गर्ने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस