संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन : डा. महत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन : डा. महत


२९ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चुनावपछि पनि निरन्तर अघि बढ्ने बताएका हुन्।

संविधानलाई संस्थागतरुपमा कार्यान्वयन गर्न गठबन्धन प्रतिवद्धत रहेको उनको भनाइ छ। देशको विकास र स्थायित्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस