२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु पौडेलको दबाबमा आयोगले मेरो उम्मेदवारी रद्द गर्‍यो : भुसाल

अ+ अ-

काठमाडौँ । सरकारी छात्रवृत्ति लिएको विषयलाई सरकारी सुविधा लिएको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी रद्द गरेकोमा डा.निकोलस भुसाल (कमल)ले आपत्ति जनाएका छन् । 

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको प्रभावमा आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको उनको आरोप छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर डा.भुसालले आफूले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको स्वतन्त्र उम्मेदवारी आयोगले षड्यन्त्र गरेर रद्द गराइएको आरोप लगाए ।  

निर्वाचन आयोगले तपाईँको उम्मेदवारी सदर हुन्छ भने पनि मध्यरातमा आएर बदर गरेको उनले गुनासो गरेका छन् । आयोगको उक्त कदमविरुद्ध आफूले सर्वोच्च अदालतमा रिट दिएको उनले बताए । उनले आयोगले उम्मेदवारी खारेज गरेर आफ्नो मौलिक अधिकार हनन् गरेको टिप्पणी समेत गरेका छन् ।

हाम्रो नेपाली पार्टीको अध्यक्ष ई.अनन्तराज घिमिरेले डा.निकोलसमाथि राज्यले अन्याय गरेको टिप्पणी गरेका छन् । देशको एक नागरिकले छात्रवृत्ति लिएकै भरमा अयोग्य उम्मेदवार बनाइएकोमा उनले आपत्ति जनाए । विद्यार्थीले आफ्नो क्षमताको आधारमा पाएको छात्रवृत्ति लिँदैमा विद्यार्थीबाट कुनै अपराध नहुने उनले तर्क गरे । त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार दिनेश खनालले डा. निकोलसको जित निश्चित भइसकेपछि उनीमाथि राष्ट्रले दमन गरेको आरोप लगाए । 

यसैगरी, स्वतन्त्र उम्मेदवार डा.अर्चनशमशेर राणाले स्वास्थ्य, शिक्षा र युवाको रक्षाको लागि उदाहरणको रूपमा डा.निकोलस उभिएको बताएका छन् । नेपाललाई आवश्यक नेतृत्वको उपयुक्त उम्मेदवार उनी भएको राणाले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस