उपत्यकामा एकैदिन ३ हजार ६ सय बढी सवारी चालकमाथि कारवाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा एकैदिन ३ हजार ६ सय बढी सवारी चालकमाथि कारवाही


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार ६१७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ३३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १८१ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १२३ जना र ढोका खुल्ला राखेर सवारी चलाउने १०१ जना सवारी चालक रहेका छन् ।

सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो बत्तीको उल्लघंन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस