समाजवादी पार्टीले समानुपातिकतर्फको मत माओवादीलाई दिने  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समाजवादी पार्टीले समानुपातिकतर्फको मत माओवादीलाई दिने 


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल समाजवादी पार्टीले समानुपातिकतर्फको मत नेकपा (माओवादी केन्द्र)लाई दिने भएको छ।

बिहीबार माओवादी केन्द्र काभ्रेका संयोजक भोलाप्रसाद अर्याल र नेपाल समाजवादी काभ्रेका अध्यक्ष कृष्ण भण्डारी (शिशिर)ले समानुपातिकतर्फको मत माओवादी केन्द्रलाई दिने गरी हस्ताक्षरसहित संयुक्त परिपत्र जारी गरेका छन्।

नेपाल समाजवादी पार्टी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन्।

सोही अनुसार मतदान गराउन मतदातालाई दुवै पार्टीको जिल्ला मातहतको सबै तहगत पार्टी कमिटीहरूलाई पार्टीको सबै गतिविधि एवं कार्यक्रमहरू संयुक्त रूपमा सहभागी भई प्रभावकारी ढङ्गले सञ्चालन तथा परिचालन गर्न अपिल समेत गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस