काठमाडौँ । धादिङ-१ मा पूर्व सहकर्मीहरुबीच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। एमालेका भूमि त्रिपाठी र मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे पूर्व सहकर्मी हुन् । हाल तिनै दुई पूर्व सहकर्मी चुनावी मैदानमा उत्रिएका छन् । त्रिपाठी एक्लै चुनावी मैदानमा छन् भने पाण्डेलाई सत्ता गठबन्धनका समर्थन छ ।
सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालले नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीले विश्व अम्मर महर्जन, मङ्गोल नेशनल अर्गनाइजेसनले सुमन तामाङ, जन समाजवादी पार्टी नेपालले पुष्कर सेडाई, राष्ट्रिय स्वतन्त्र पार्टीले हिमेश पन्तलाई उम्मेदवार बनाएको छ ।
यस्तै स्वतन्त्रबाट दिल बहादुर घले, अर्जुन तिमल्सिना, उत्तम राज शर्मा (कँडेल), प्रदिप श्रेष्ठ, प्रमोद उप्रेती, जनक भट्टराई र ऋषि खतिवडा उम्मेदवार छन् । यस्तै धादिङ २ मा एमालेले खेम प्रसाद लोहनीलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसबाट रामनाथ अधिकारी उम्मेदवार छन् ।
यसैगरी जनता समाजवादी पार्टी, नेपालले मेकरमान तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनले धन माया तामाङ, नेपाली काँग्रेस (बिपी) ले शङ्कर दर्जी, राष्ट्रिय स्वतन्त्र पार्टीले वसुमाया तामाङलाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट रुद्रबहादुर गेलाङ मगर, सरोज बुढाथोकी, सञ्जय दुवाडी, टिकानिधि काप्री, बाबुकृष्ण श्रेष्ठ, रमेश पौडेल, हरिप्रसाद घिमिरे र दुर्गाकुमार शाक्य रहेका छन् ।