९ अधिकृतसहित ३४ कर्मचारी छड्केमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

९ अधिकृतसहित ३४ कर्मचारी छड्केमा


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । ताप्लेजुङका सरकारी कार्यालयमा गरेको अनुगमनमा ३४ जना कर्मचारी छड्केमा परेका छन्। 

जिल्ला प्रशासन कार्यालयले बिहीबार गरेको अनुगमनका क्रममा शाखा अधिकृत तहका ९ जनासहित ३४ जना छड्केमा परेका हुन् । 

सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईको नेतृत्वमा छड्के अनुगमन टोली गएको थियो । छड्केमा पर्नेमा शाखा सबैभन्दा बढी नायव सुब्बा र खरिदार तहका कर्मचारी रहेका छन्। 

यो तहका २२ जना कर्मचारी छड्केमा परेका छन्। तीनजना सवारी चालक समेत छड्केमा परेको प्रशासनले जनाएको छ । छड्के अनुगमनमा सबैभन्दा बढी उत्तर-दक्षिण मूलघाट-ओलाङचुङगोला सडक योजनाका १४ जना कर्मचारी कार्यालयमा अनुपस्थित देखिएका छन्। अधिकांश कार्यालय प्रमुख समेत कार्यालयमा अनुपस्थित रहेको पाइए पनि उनीहरूले बिदा स्वीकृति गराइ बिदामा रहेको पाइएको समेत अनुगमन टोलीले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस