सत्यमोहन जोशीको स्वास्थ्यमा पुनः समस्या, आईसीयूमा सारियो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सत्यमोहन जोशीको स्वास्थ्यमा पुनः समस्या, आईसीयूमा सारियो


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा फेरि गडबड देखिएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको छ ।

स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिन सारिएको थियो । आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो । अहिले जोशीलाई प्रतिमिनेट ३० लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ ।

डा. बज्राचार्यका अनुसार निमोनिया संक्रमणको साथै मुटुको चाल सम्बन्धी समस्याको उपचार जारी छ । खकार परीक्षण गर्दा एन्टिबोयोटिक्स निरन्तर दिनुपरेको चिकित्सकले जानकारी दिएका छन् । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस