२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्जय श्रेष्ठले छोडे राप्रपा, काठमाडौँ-६ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी 

अ+ अ-

काठमाडौँ । गायक सञ्जय श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । आसन्न निर्वाचनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको शनिबार उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले प्रतिनिधिसभातर्फ आफ्नै क्षेत्र काठमाडौँ-६ बाट उम्मेदवारी दिन लागेका हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आबद्ध थिए । तर, पार्टीले उनलाई टिकट दिएन । टिकट नपाएपछि गायक श्रेष्ठले राप्रपा छोडेको घोषणा पनि गरेका छन् ।

फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । पार्टीभित्र आफूविरुद्ध षड्यन्त्र भएको उनको भनाइ छ ।

“…क्षेत्र नम्बर-६ बाट मेरो प्रतिनिधिसभाको लागि लड्ने अडान यथावत् नै छ । भोलि म आफू पनि स्वतन्त्र रूपमा मनोनयनपत्र दाखिल गर्दै छु । राप्रपालाई यदि मजस्तो व्यक्तिको यदि आवश्यकता छैन भने मेरो भन्नु केही छैन,” उनले लेखेका छन्, “म आफैँ राप्रपा छोडेको घोषणा गर्दै छु र मजस्ता हजारौँले आब आउने दिनमा यही क्रम दोहोर्‍याउनेछन् । भोलिको दिनमा के हुन्छ भन्न सकिन्न । अहिलेको स्थितिमा देश तथा विदेशमा रहनुभएका मेरो सम्पूर्ण इष्टमित्रलगायत सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिँदै आउँदो दिनको लागि समर्थन र साथ दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु ।”