भीम रावललाई टिकट नदिएपछि अछाममा विद्रोह, सचिवालय सदस्यसहित ४० जनाले छाडे एमाले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भीम रावललाई टिकट नदिएपछि अछाममा विद्रोह, सचिवालय सदस्यसहित ४० जनाले छाडे एमाले


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।

एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरू प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् ।

पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पुरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरूले पार्टी छाडेको उनीहरूले बताएका छन् ।

अछाम १ बाट रावलको नाम एकल रूपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् । ओलीले रावलको क्षेत्रमा भपट बोहोरालाई टिकट दिएका थिए । बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस