मोटरसाइकल दुर्घटनामा २ सशस्त्र प्रहरीको मृत्यु  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा २ सशस्त्र प्रहरीको मृत्यु 


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको ज्यान गएको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका ३ मुसरियामा हिजो शुक्रवार राति १० बजेतिर लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा लमही नगरपालिका-१ का लहानु चौधरी र राप्ती गाउँपालिका-६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परि लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा ज्यान गएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।

मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उनले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस