अन्धाधुन्ध गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अन्धाधुन्ध गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जना मेयरसहित १८ जनाको मृत्यु भएको छ ।

बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बिबिसीले जनाएको छ ।

आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्व मेयर हुन् ।

स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए । आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए । त्यसअघि उनीहरूले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरूमा ठुला गाडी तेर्स्याएका थिए ।

यो आक्रमणमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन भने घटनाको अनुसन्धान जारी रहेको स्थानीय सुरक्षा अधिकारीहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस