राष्ट्रपति भण्डारीद्वारा गुरुहरूको हातबाट टीका ग्रहण  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपति भण्डारीद्वारा गुरुहरूको हातबाट टीका ग्रहण 


१९ आश्विन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैँको टीका ग्रहण गरेकी छन् । 

बडादसैँ २०७९ को अवसरमा उनले शीतल निवासमा गुरुहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् । 

राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी छन् । 

राष्ट्रपति कार्यालयले तयार गरेको कार्य तालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई बुधबार दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस