३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशका करारका कर्मचारीले पाएनन् तलब

अ+ अ-

काठमाडौँ । कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दशैँको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् ।

सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरूको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दसैँको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो छ ।

नुवाकोटको त्रिशूली अस्पतालमा कोभिडकालमा भर्ना भएका एक जना कर्मचारीले तीन महिनादेखि तलब नपाएको बताए । ‘त्रिशूली अस्पतालमा मात्रै मजस्ता करिब ५० जनाले दसैँको बेलामा समेत तलब पाएनन्,’ उनले भने ।

धादिङमा करारमा कार्यरत अर्का एक जना स्वास्थ्यकर्मीले करार सम्झौताको म्याद नथप्ने निर्णय स्थगित भएको परिपत्र आएपछि आफूहरू निरन्तर काममा रहे पनि तलब भने नपाएको बताए । ‘काममा लगाउने तर तलब नदिने गर्दा दसैँको बेला समस्या पर्‍यो,’ उनले भने ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गत असार २८ गते स्वास्थ्य निर्देशनालय हेटौँडा, स्वास्थ्य तालिम केन्द्र काठमाडौं, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडा, जनस्वास्थ्य प्रयोगशाला धुलिखेल, १३ वटै अस्पताल, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई परिपत्र गरी करार सम्झौताको म्याद नथप्न भनेको थियो । तर फेरि मन्त्रालयले साउन ४ गते तिनै कार्यालयहरूलाई अर्को परिपत्र गरी करारका स्वास्थ्यकर्मीहरूको म्याद नथप्ने निर्णय अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको थियो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक प्रसाद तिवारीले भने करारका स्वास्थ्यकर्मीले तलब नपाएको जानकारी आफूलाई नभएको बताए । उनीहरू कार्यरत सम्बन्धित कार्यालयले नै उनीहरूलाई तलब भत्ता खुवाउने भन्दै उनले मन्त्रालयले भने स्वास्थ्य कार्यालयहरूमा तलब पठाउँदै आएको बताए ।

‘भर्खरै नयाँ नियुक्ति भएकाहरूको एक महिना पुग्न बाँकी छ, उनीहरूले नपाएका होलान्, अरूले तलब नपाएको भन्ने जानकारी मन्त्रालयलाई छैन,’ प्रवक्ता तिवारीले भने ।

प्रतिक्रिया दिनुहोस