बांगेमुढाको सामुदायिक भवन भत्काएपछि बालेनको पुत्ला दहन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बांगेमुढाको सामुदायिक भवन भत्काएपछि बालेनको पुत्ला दहन


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थायमदु (बांगेमुढा)मा रहेको त्‍वा:छें (सामुदायिक भवन) भत्काएपछि मेयर बालेन शाहको पुत्ला दहन गरेको छ।

शुक्रबार काठमाडौँ २५ मा रहेको उक्त भवन भत्काएपछि शनिबार आन्दोलित स्थानीयले मेयर शाहको पुत्ला दहन गरेका हुन्।

महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका हुन्। शनिबार नै नेवा: देय् दबूले विज्ञप्ति जारी गर्दै यस घटना निन्दनीय भएको बताएको छ। मंका खल, आदिवासी जनजाती संघ लगायत नेवा: समुदायसँग आबद्ध संघ-संस्थाहरूले प्रदर्शन गरेका हुन‍्।

प्रदर्शनकारीले यो विरोध जारी नै रहने जनाएका छन्। उनीहरूले रिस्टोर त्‍वा:छें भनेर अभियान समेत सञ्चालन गरेका छन‍्।

यही ठाउँमा इतिहास कोर्ने कामहरू भएको र महानगरले यसलाई भत्‍‍काएको भन्दै समितिले आपत्ति जनाएको हो। उक्त त्‍वा:छें सोही ठाउँमा पुनर्निर्माण होस् भन्दै माग समेत गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस