मन्दिर पसेको निहुँमा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्दिर पसेको निहुँमा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ


१३ आश्विन २०७९, बिहिबार


धनगढी । बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ ।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएका छन् ।

उनको निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी थापाले जानकारी दिए ।

कुुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ ।

डीएसपी थापाकाअनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस