भीम रावलको प्रतिक्रिया-पार्टीसँग सम्पर्कमै छु, एक-दुई दिनमै काठमाडौँ आउँछु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भीम रावलको प्रतिक्रिया-पार्टीसँग सम्पर्कमै छु, एक-दुई दिनमै काठमाडौँ आउँछु


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले आफू पार्टी कमिटीसँग निरन्तर सम्पर्कमै रहेको बताएका छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता रावल सम्पर्कमै नरहेको भन्दै एमालेका सुदूरपश्चिम प्रदेशका नेताहरूसँग चासो राखेपछि रावलले यस्तो बताएका हुन्। आफू अहिले अछाममा चुनावी कार्यक्रममा व्यस्त रहेको उनले बताए।

गएको सोमबार एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम अध्यक्ष चन्द्र बोहरालगायत अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।

त्यसक्रममा ओलीले रावललाई लक्षित गर्दै पार्टीको अनुशासनमा नेताहरू रहनु पर्ने भन्दै नेतृत्वसँग सम्पर्कमा रहनुपर्ने बताएका थिए।

अछाम क्षेत्र नम्बर १ बाट रावल सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। उनी उम्मेदवार हुनेरनहुने अन्तिम निर्णय केन्द्रबाटै हुनेछ। अछाम १ बाट तीन पटक निर्वाचित रावल यस पटकको उम्मेदवारीबारे आफैँ पनि अनिर्णीत छन्।

जिल्लाबाट एकल सिफारिसमा परेपछि रावलले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै धन्यवाद दिएका थिए। उक्त वक्तव्यमा उनले लेखेका थिए- कुनै पदमा जाने वा नजाने विषय पार्टी र राष्ट्रिय राजनीतिको समग्रतामा हेरिनुपर्छ। कुनै पदमा रहने वा नरहनेभन्दा देश र जनताको सर्वोपरि हितमा काम गर्नु महत्त्वपूर्ण हुन्छ भन्ने मेरो धारणा छ।

सम्बन्धित समाचार : भीम रावलको विकल्प खोज्न सुदूरपश्चिमका एक दर्जन नेताको ‘डेलिगेसन’

Tags :
प्रतिक्रिया दिनुहोस