भीम रावलको विकल्प खोज्न सुदूरपश्चिमका एक दर्जन नेताको ‘डेलिगेसन’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भीम रावलको विकल्प खोज्न सुदूरपश्चिमका एक दर्जन नेताको ‘डेलिगेसन’


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका केही नेताहरूले अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल रूपमा सिफारिस भएका नेता भीम रावलको विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । 

अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका नेताहरू लेखराज भट्ट, कर्ण थापा, यज्ञ बोगटी, झपट बोहरालगायत एक दर्जन नेताले अछाम १ बाट रावलको नाम एकल सिफारिस भए पनि उनी पार्टी नीति विपरीत चल्न खोजेको तथा सम्पर्कमै रहन नचाहेको भन्दै सोच्न आग्रह गरेका हुन् । 

सुदूरपश्चिमका सबै नेता कार्यकर्ताको चाहाना रावल पार्टी नीतिअनुसार चल्नुपर्ने रहेको र आफूहरूले सोही कुरा अध्यक्षसँग राखेको स्थायी कमिटी सदस्य समेत रहेका एक नेताले बताए । 

रावल २०७४, सालमा समेत सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । गएको मंसिरमा भएको नेकपा एमालेको दसौँ महाधिवेशनमा रावल ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यस समयदेखि नै अध्यक्ष ओली र रावलबीच राम्रो सम्बन्ध छैन । स्रोतका अनुसार रावलले ओलीसमक्ष आत्मालोचना गरे मात्रै उनलाई टिकट दिनुपर्ने नत्र विकल्प सोच्नुपर्ने माग राखेका थिए । 

ती नेताका अनुसार यदि रावलले आत्मालोचना नगरे विकल्पका रूपमा रावलको ठाउँमा अर्का नेता कृष्ण जैसीलाई प्रतिनिधिसभाको टिकट दिन प्रस्ताव गरिएको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस