सरकार र डा.केसीबीचको दोस्रो चरणको वार्ता पनि निष्कर्ष विहीन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकार र डा.केसीबीचको दोस्रो चरणको वार्ता पनि निष्कर्ष विहीन


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । अनसनरत डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीच बिहीबार भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो पौने २ बजेबाट सुरु भएको वार्ता निष्कर्षमा नपुगेको डा.केसीका सहयोगी प्रितम सुवेदीले बताए ।

मंगलबार ८ घण्टासम्म बसेको पहिलो चरणको वार्ता पनि  निष्कर्षमा पुगेको थिएन । डा.केसीले उठाएका कतिपय विषयवस्तु राजनीतिक तहबाटै निर्णय गर्नुपर्ने देखिएकाले थप छलफल गरिने उनले बताए । 

डा.केसीले उठाएका सबै मागमा बुँदागत रूपमा छलफल भएको सहयोगी सुवेदीले बताए । भदौ २७ गतेदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका ८ बुँदे माग राख्दै डा.केसी अनसनमा बसेका हुन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस