राष्ट्रपतिको कदमविरुद्ध अदालत जान्छौँ : प्रचण्ड « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिको कदमविरुद्ध अदालत जान्छौँ : प्रचण्ड


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्ध अदालत जाने बताएका छन् । 

प्रचण्ड निवास खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको बताए । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

राष्ट्रपतिको कदमविरुद्ध आजैदेखि युवा विद्यार्थीहरू सडकमा आन्दोलित भइसकेकाले अब सङ्घर्ष नरोकिने  प्रचण्डले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस