सातामै थपियो ४१ अर्ब निक्षेप, कसरी आयो पैसा ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सातामै थपियो ४१ अर्ब निक्षेप, कसरी आयो पैसा ?


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । गएको एक सातामै वाणिज्य बैंकहरूमा करिब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

चालु आर्थिक वर्ष सुरु भएपछिका अधिकांश सातामा निक्षेप घटिरहेको बेला गत साता एकै पटक ४० अर्ब रुपैयाँभन्दा बढी निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार गत भदौ ३१ सम्ममा वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ छ । भदौ २४ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो । यो अवधिमा रेमिट्यान्स आप्रवाहमा सुधार भएको र सरकारी खर्च पनि बढेकाले निक्षेपमा सुधार भएको बैंकरहरु बताउँछन् ।

पछिल्ला महिनाहरूमा प्राय सबै साता निक्षेप घटिरहेको छ भने कम सातामा मात्र बढेको छ। निक्षेप बढेको सातामा पनि धेरै न्यून अंकले वृद्धि भएको देखिन्छ। यस्तो अवस्थामा ६ दिनमै करिब ४१ अर्ब रुपैयाँले निक्षेप बढ्नुलाई वित्तीय जगतमा चासोको रूपमा हेरिएको छ ।

गत साता निक्षेप ४० अर्ब रुपैयाँभन्दा धेरैले बढे पनि कर्जा प्रवाह २ अर्ब रुपैयाँले मात्र विस्तार भएको संघले जनाएको छ । तरलता अभावको समस्या अझै समाधान नभएकाले प्रायस् बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह ठप्प पारेका छन् । नयाँ कर्जा प्रवाह (अपवाद बाहेक) रोकिएको छ भने नयाँ कर्जाका लागि पनि ब्याजदर अकासिएको छ ।

यस्तै, गत भदौ ३१ सम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ९० अर्ब रुपैयाँ छ । भदौ २४ सम्म यस्तो कर्जा ४१ खर्ब ८८ अर्ब रुपैयाँ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस