राष्ट्रपतिको समर्थन अनेरास्ववियुको प्रदर्शन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपतिको समर्थन अनेरास्ववियुको प्रदर्शन


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ ।

आज बिहान त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको खुसीयालीमा प्रदर्शन गरेको हो ।

उनीहरुले गठबन्धन सरकार चाहिदैन, नागरिकता बेच्न पाइदैन भन्दै नागरिकता विधेयक प्रतिमा जलाएका थिए ।

प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट दुई–दुई पटक पास भएको उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस