नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लङ्घन : यादव « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लङ्घन : यादव


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लङ्घन भएको बताएका छन्।

प्रतिनिधि सभा र राष्ट्र सभाबाट दुई दुई पटक पारित भएर राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लङ्घन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनले बुझाइ छ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संसद्को दुवै सदनबाट दुईर दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्टपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलङ्घन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार हो।’

राष्ट्रपतिको निर्णयलाई लिएर सत्तारुढ दलहरू विरोधमा उत्रिएका छन्। यसै विषयमा थप छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ।

Tags :
प्रतिक्रिया दिनुहोस