टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौँ महानगरले डोजर चलाएको छ ।

केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।

सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो । सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ ।

महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस