उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् ।

बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु मैदान र दर्शकको राम्रो साथ छ ।

प्रतियोगितामा फाइनल यात्रा तय गर्दा दुवै टोलीको दुई समानता छ । दुवैले यसअघि ५ पटक च्याम्पियन बनेको भारतलाई हराइसकेका छन् । खनी दुवैले अहिलेसम्म गोल खाएका छैनन् ।

भारतको दबदबालाई तोडिसकेका दुवै टोली अब फाइनल जितेर ट्रफी उचाल्ने योजनामा छ ।

नेपालले सेमिफाइनलमा भारतलाई १-० ले हराएर फाइनलमा इतिहास बनाएको हो । साफ इतिहासमै नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । नेपाल पाँचौ पटक फाइनल पुगेको हो । यस्तै बंगलादेशले पनि समूह चरणमा भारतलाई ३-० ले पराजित गरेको थियो ।

बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिप फाइनल पुग्ने क्रममा भुटानलाई सेमिफाइनलमा ८-० ले हरायो ।

बंगलादेशले फाइनलसम्म आइपुग्दा २० गोल गर्दा नेपालले ११ गोल गरेको छ । नेपालले समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ३-० ले, पाकिस्तानलाई ६-० र भारतलाई ३-० ले पराजित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस