२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको दबाबपछि नेविसंघले खोल्यो २ ठाउँका ताला

अ+ अ-

काठमाडौँ । कर्मचारीको चौतर्फी दबाबपछि नेविसंघले त्रिभुवन विश्वविद्यालयको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आईतबार खुलाएको छ । नेविसंघले असार २७ गते यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो ।

साउन १२ गते देखि उपकुलपति कार्यालयमा गरिएको तालाबन्दी पनि जारी छ । परीक्षामा हुबहु प्रश्नपत्र सोध्नेलाई कारबाही हुनुपर्ने र समयमा नै नतिजा सार्वजनिक हुनुपर्ने लगायत माग अघि सार्दै नेविसंघले तालाबन्दी गरेको हो ।

तालाबन्दीका कारण कर्मचारीले दुई महिनादेखिको तलब सुविधा समेत पाउन सकेका छैनन् भने विश्वविद्यालयको आर्थिक कारोबार ठप्प भएको छ । कर्मचारी सङ्घ-सङ्गठनले चाडपर्वको मुखमा तालाबन्दी नखुलाए फुटाई दिने चेतावनी दिएका थिए । महाशाखा प्रमुखहरूले पनि विज्ञप्ति निकालेर तालाबन्दी खोल्न आग्रह गर्दै आएका थिए ।

महाशाखा प्रमुखहरू सँग वार्ता गर्न गएका नेविसंघका नेता कार्यकर्तालाई आईतबार कर्मचारीले विरोध स्वरूप घेराबन्दी समेत गरे । नेविसंघ कार्यकर्ता श्यामराज ओझा लगायत वार्तामा गएका थिए । ओझाले तालाबन्दीका कारण कर्मचारी मर्कामा परेकाले खुलाइएको बताए । विश्वविद्यालय सुधारका लागि आफूहरूले आन्दोलन गरेको उनको भनाई थियो । ताला खुलेपछि महाशाखा प्रमुखहरूले नेविसंघलाई धन्यवाद दिएका छन् । अन्य ५ निकायमा गरिएको तालाबन्दी भने जारी छ ।

नेविसंघ त्रिवि इकाई पूर्व सभापति हरि आचार्य र पूर्व सचिव योगेन्द्र रावल समूहले २०७७ सालदेखि नै त्रिविमा पटक पटक तालाबन्दी गर्दै आएको छ । उनीहरू भने वार्तामा सहभागी थिएनन् । आचार्य र रावलमाथि उपप्राध्यापक प्रेम चलाउनेमाथि साङ्घातिक आक्रमण गरेको आरोपमा अदालतमा मुद्दा विचाराधीन छ । गतसाता नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले त्रिविका नेविसंघका सबै कमिटी भङ्ग गरेका छन् ।