वाग्मती करिडोर क्षेत्रका अवैध संरचना भत्काउँदै महानगर « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

वाग्मती करिडोर क्षेत्रका अवैध संरचना भत्काउँदै महानगर


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुनेस्थित वाग्मती करिडोर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । फुटपाथ ओगटेर बनाएका अवैध संरचनामा डोजर चलाइएको हो ।

महानगरको दैनिक कार्यतालिका अनुसार अवैध संरचनामा डोजर चलाउने काम भइरहेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

महानगरले ३५ दिने सूचना जारी गर्दै भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान सञ्चालन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस