‘११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ, सरकारले गेटमै तालाबन्दी गर्‍यो’ : जबरा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ, सरकारले गेटमै तालाबन्दी गर्‍यो’ : जबरा


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरेको बताएका छन् ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च फर्कने तयारी गरेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरेको बताएका हुन् ।

‘म (आज) ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसअनुसार तयार भएको थिएँ,’ जबराले भने, ‘तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।’

‘सर्वोच्चको गेटमा कि निवासको गेटमा तालाबन्दी ?’ भन्ने प्रश्नमा उनले आफ्नो निवासमा तालाबन्दी गरेर प्रहरी तैनाथ गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस