गृह सचिव सिंहद्वारा पद बहाली  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृह सचिव सिंहद्वारा पद बहाली 


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । गृह सचिव विनोद प्रकाश सिंहले पद बहाली गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिवमा सिंहलाई सरुवा गर्ने निर्णयसँगै आइतबार(आज)देखि सिंहले सिंहदरवारस्थित गृह मन्त्रालयमा पद बहाली गरेका हुन् । 

सम्बन्धित समाचार : केही सचिवको सरुवा, गृहमा विनोद प्रकाश सिंह 

गृह प्रशासनका अनुभवी सिंह रुपन्देही, कपिलवस्तु, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारी भई सकेका छन् । 

असार पहिलो साता सचिवमा बढुवा भएका सिंह प्रदेश नम्बर १ का प्रमुख सचिव रहेका थिए ।

पद बहालीसँगै गृह सचिव सिंहले मुलुकको शान्ति सुरक्षा कायम राख्न गृहको उद्देश्य पुरा गर्ने र आम निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनेतर्फ विशेष ध्यान दिनुपर्ने बताएका छन् । 

सम्बन्धित समाचार : विनोद प्रकाश सिंह सचिवमा बढुवा

Tags :
प्रतिक्रिया दिनुहोस