विनोद प्रकाश सिंह सचिवमा बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विनोद प्रकाश सिंह सचिवमा बढुवा


६ असार २०७९, सोमबार


काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव विनोद प्रकाश सिंहलाई सचिवमा बढुवा गरेको छ ।

सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा ३१ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि वरिष्ठ सहसचिव सिंहको नाम सिफारिस

सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । 

बढुवासँगै सिंहलाई प्रदेश नं. १ को प्रमुख सचिवमा पदस्थापनसमेत गरिएको ती मन्त्रीले बताए । सिंहको पदस्थापनसँगै त्यहाँका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव यामकुमारी खतिवडाले १९ गते नै अनिवार्य अवकाश पाएसँगै रिक्त सचिव पदमा एकल सिफारिस(२०प्रतिशत)का आधारमा सिंह सचिवमा बढुवा हुने निश्चित भए पनि दुई हप्ता ढिलाइ भएको छ ।

सम्बन्धित समाचार : सचिव खतिवडा अवकाश

सचिव बढुवा समितिको बैठक समयमै नबसिदिँदा र क्याबिनेटमा पनि नियमितता नभई दिँदा सिंहको बढुवा सिफारिस रोकिन पुगेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस