केही सचिवको सरुवा, गृहमा विनोद प्रकाश सिंह  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

केही सचिवको सरुवा, गृहमा विनोद प्रकाश सिंह 


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । सरकारले गृहलगायत केही सचिवहरूको सरुवा गरेको छ । सोमबार(आज) बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव विनोद प्रकाश सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रशासन बालुवाटार विशेष सूत्रले जानकारी गरायो । 

सिंहको गृह प्रवेशसँगै हालका गृह सचिव टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । 

यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ । 

अख्तियारमा प्रधानमन्त्री कार्यालयका सचिव राम प्रसाद घिमिरेलाई पठाइएको ती स्रोतले प्रशासनलाई जानकारी गरायो । ‘बैठकमा यिनै तीन चार जना सचिवको सरुवा गर्ने निर्णय भएको छ’ ती स्रोतले भने, ‘यद्यपि परिपक्क भने भोलि हुनेछ र भोलि नै पत्र दिने कुरा छ’

Tags :
प्रतिक्रिया दिनुहोस