समानुपातिक उम्मेदवार छान्न काँग्रेसको संसदीय समिति बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

समानुपातिक उम्मेदवार छान्न काँग्रेसको संसदीय समिति बैठक बस्दै


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय गर्न नेपाली काँग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए ।

पाण्डेका अनुसार काँग्रेस संसदीय समितिको बैठक बुधबार अहिले अपराह्न ४ बजे पछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बनाउने विषयमा छलफल हुने उनको भनाइ छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस