जनयुद्ध र मधेस आन्दोलनमा सहिद तथा बेपत्ताका परिवारले मासिक ३ हजार पाउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनयुद्ध र मधेस आन्दोलनमा सहिद तथा बेपत्ताका परिवारले मासिक ३ हजार पाउने


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा बेपत्ता भएकाका परिवारले मासिक भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई ‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्ति बापत मासिक रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधिमा सहमति प्रदान गरेको हो । 

मस्यौदामा उल्लेखित ‘आन्दोलन’ को परिभाषामा ‘सम्भव २०५२ सालबाट सुरु भएको सशस्त्र द्वन्द्व र मधेस आन्दोलनलाई सम्झनुपर्छ भनी मिलाउने’ र ‘सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घटनामा परी वीरगति प्राप्त गरेका भनी नेपाल सरकारबाट एकीन भई अभिलेख भएको सम्झनुपर्छ भनी मिलाउने गरी र सो क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारलाई समेत समेट्नेगरी सहमति’ प्रदान गरिएको हो । 

अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा यो विषय समेटेर सहमति प्रदान गरिएपछि जनयुद्धका बेपत्ता परिवारले मासिक रकम पाउने निश्चित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस