महाअभियोग सिफारिस समितिको प्रवक्तामा गौतम « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

महाअभियोग सिफारिस समितिको प्रवक्तामा गौतम


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग छानबिन गर्न गठित सो समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

समितिको कामकारबाहीबारे भ्रमपूर्ण सूचना जनतामा नजाओस् भनेर समितिका सचिव गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको समितिका सदस्य एवम् काँग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । सबै राजनीतिक दलका प्रतिनिधिहरू भएकाले हुनाले गौतमलाई प्रवक्ता तोक्ने काममा कुनै विवाद समितिमा नभएको पनि उनले बताए ।

बैठकमा समितिको सूचना गलत ढङ्गले बाहिर गएको भन्दै प्रमुख प्रतिपक्ष एमालेले आपत्ति जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस