कोरोना बीमाको दायित्व सरकारले स्वीकार्‍यो, १ अर्ब निकासा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना बीमाको दायित्व सरकारले स्वीकार्‍यो, १ अर्ब निकासा


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भएको छ । गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

सरकारले दाबी भुक्तानी गर्ने प्रतिबद्धता जनाएर पनि डेढ वर्षदेखि भुक्तानी नभएर रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै सरकाले कोरोना बीमाको दाबी स्वीकार गरेको हो । १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपैयाँ बराबरको दाबी परेको थियो ।

जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दाबी भुक्तानी भएको छ । १२ अर्ब ३२ करोड भन्दा बढी दाबी भुक्तानी बाँकी छ । साढे ३ अर्ब भन्दा बढीको दायित्व सकारले लिने गरी कोरोना बीमा मार्गदर्शन आएको थियो । जसअनुसार १२ अर्ब भन्दा बढीको कोरोना बीमाको दायित्व स्वीकार गर्दै सरकारले १ अर्ब निकास दिने निर्णय गरेको हो ।

बीमा समितिले पनि उक्त रकम प्राप्त भएपछि प्राथमिकता हेरेर दाबी भुक्तानी हुने जनाएको छ । भुक्तानी गर्न बाँकी दाबी राष्ट्र सेवक कर्मचारीको मध्ये ४२ हजार ४०५ वटा दाबीको करिब ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । पहिले सर्वसाधारणको दाबी भुक्तानी गरेर मात्रै राष्ट्र सेवक कर्मचारीको भुक्तानी हुने समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस