महाअभियोग सिफारिस समितिले चोलेन्द्रले नाम लिएकाहरूलाई पनि बोलाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महाअभियोग सिफारिस समितिले चोलेन्द्रले नाम लिएकाहरूलाई पनि बोलाउने


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एसोसिएसनका पूर्व पदाधिकारीहरूलाई बोलाउने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मको आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिका सदस्य काँग्रेस सांसद मीन विश्वकर्माका अनुसार कस-कसलाई बेलाउने भन्ने नाम तय भइसकेको छैन ।

आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एसोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई आरोपित गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस