सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच सम्झौता भएको छ।

कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षण सम्बन्धी उक्त सम्झौता भएको हो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैङ्कको तर्फबाट उप–महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैङ्कले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरिएको ३ करोड रुपैयाँसम्मको कृषि कर्जाहरू कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत सुरक्षित हुनेछ। यस्तै सम्झौता पश्चात् कृषि कर्जा प्रवाहको जोखिम थप न्यूनीकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैङ्कले अपेक्षा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस