वन मन्त्री यादव सेनेगल प्रथान « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

वन मन्त्री यादव सेनेगल प्रथान


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगल प्रस्थान गरेका छन्।

उक्त बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने उक्त बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस